Blog Single

सम्माननीय पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूसँगकाे विशेष भेटघाट सम्पन्न भयाे । हामीले उहाँलाई नेपाल वाङ्मय फाउन्डेसनका तर्फबाट “भाेजपुरकाे वाङ्मय” तथा ” विश्वका राष्ट्रिय गान” पुस्तक हस्तान्तरण गर्याैँ ।

आजकाे भेटघाट र छलफल मूलत: “गाेरखाकाे वाङ्मय” ग्रन्थकाे तयारीका बारेमा केन्द्रित थियाे । अनुसन्धाता केशरी अम्गाईज्यूले ‘नेपाल वाङ्मय फाउन्डेसन’ मार्फत गाेरखाकाे वाङ्मयका बहुआयामिक पक्षहरूमा केन्द्रित रहेर बृहत् ग्रन्थ तयार गरिरहनुभएकाे छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईज्यूलाई हामीले फाउन्डेसनको कार्ययाेजनाका साथै “गाेरखाकाे वाङ्मय” ग्रन्थको अवधारणा-पत्र पनि हस्तान्तरण गर्याैँ । उहाँको बा‌ैद्धिक परामर्श हाम्रा लागि महत्त्वपूर्ण मार्गदर्शन बनेकाे छ । हामी उहाँको समय र विचारप्रति आभारी छाैँ ।

फाउन्डेसनका आगामी कार्ययाेजनाप्रति विशेष अभिरुचि राख्नुहुने युवा नेतृ मानुषी यमी भट्टराईज्यूप्रति पनि हामी त्यत्तिकै आभारी छाैँ ।
(वि.सं. २०८० भदाै ९, सगुन क्याफे, नयाँ बजार, काठमाडौं)

Share this Post:

Latest News: