Blog Single

२० मंसिर, काठमाडौं । व्यापार व्यवसायबाहेक सामाजिक क्षेत्रमा सामान्यतः श्रीमान–श्रीमती एउटै क्षेत्रमा काम गरेको पाइँदैन । गरिहाले पनि उनीहरूको कार्यालय, पद र कामको प्रकृति फरक–फरक हुन्छ ।

पश्चिमा समाजमा लेखक दम्पतीको चलन धेरै पुरानो हो । चिन्तक कार्ल मार्क्स र जेनी, जाँ पाल सात्र र सिमोन बुआ, एलेन गिन्सवर्ग र पिटर ओर्लोभस्की, पिबी सेली र माली सेली विश्वका उदाहरणीय साहित्यिक दम्पती हुन् । पश्चिमका कतिपय जोडीले विवाह नगरे पनि दशकौंसम्म सँगै बसेको पाइन्छ ।

विश्वका साहित्यिक दम्पतीबीच व्यक्तिगत तथा पारिवारिक खटपट जस्तो आए पनि उनीहरूको सृजनाशक्ति अब्बल देखिएको छ । उनीहरूले आफूसँगै परिवारलाई नै सृजनशील कर्ममा जोडेको उदाहरण पनि छ । अंग्रेजीसँगै फ्रेन्च, स्पेनिस, पोलिस, रुसी भाषाका साहित्यमा श्रीमान्–श्रीमती नै साहित्यकार भएको प्रशस्तै उदाहरण छन् ।

नोबेल पुरस्कार अस्विकार गरेका जाँ पाल सात्र र सिमोनको जोडी त वैचारिक रुपमा तीव्र कटाक्ष गर्थे । अमेरिकी कवि सिल्भिया प्लाथ र बेलायति कवि टेड ह्युजको सम्बन्धमा कविता लेखनकै कारण जोडियो । केही वर्षपछि कविता लेखनकै मामिलाले गर्दा उनीहरूको सम्बन्धमा दरार आयो ।

Read more:

https://www.onlinekhabar.com/2020/12/913564?fbclid=IwAR21qOAD8AYwd2mhvRPbk-aqF4J3SMadOYRShjWWQf9pMJHUaMO7ThrngBQ

Share this Post:

Latest News: