Blog Single

मास मिडिया संवादाता (ललितपुर)- १९५ देशको राष्ट्रिय गान समेटिएको ‘विश्वका राष्ट्रिय गान’ नामक राष्ट्रिय गानहरूको संग्रह आगामी असार ३० गते विमोचन हुँदैछ । ललितपुरको होटल हिमालयमा हुने उक्त पुस्तक विमोचन कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री एन. पि. साउद प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजक संस्था नेपाल वाङ्मय फाउण्डेसनका अध्यक्ष, डा. विप्लव ढकालले जानकारी दिनुभयो ।

उक्त पुस्तकमा संयुक्त राष्ट्र संघमा आवद्ध १९३ सदस्य राष्ट्र र दुई पर्यवेक्षक राष्ट्र सहित १९५ देशका राष्ट्रिय गान समेटिएको छ । विश्वका राष्ट्रिय गानहरू एउटै पुस्तकमा पहिलो पटक पाठकहरूले नेपाली भाषामा पढ्न पाउने भएका छन् । विश्व शान्ति, सद्भाव र भाइचारको पुल बन्ने विश्वास लिएको उक्त पुस्तकका मुल अनुवादक प्रदीप निरौला हुनुहुन्छ भने पुस्तकको प्रकाशनका लागि सौजन्यकर्ता श्री उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहनुभएको छ ।

“विश्वका राष्ट्रिय गान” पुस्ककभित्र सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, नेपालस्थित संयुक्त राष्ट्र सङ्घका महामहिम आवासीय संयोजक हाना सिंगर (हाम्दी) तथा नेपाल वाङ्मय फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाका मौलिक भनाईहरु समेटिएका छन् । पुस्तक विमोचनले विश्वलाई वाङ्मयको एउटै मालामा उन्ने आयोजकको भनाई छ । यस पुस्तकको विमोचनको सन्दर्भ पारेर नेपाल वाङ्मय फाउण्डेसनको औपचारिक उद्घाटन हुने पनि आयोजकहरूले बताएका छन् ।

Share this Post:

Latest News: